माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश , बारा २ बाट उम्मेदवारी दिने

माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश , बारा २ बाट उम्मेदवारी दिने

  • बुधबार, चैत्र १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चैत १५, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह आज जनमत पार्टीमा प्रवेश गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरी कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । कुसवाहले पार्टीभित्र आफूलाई वास्ता नगरिएकाले जनमत पार्टीमा प्रवेश गरेको बताए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुसवाह बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवारी दिएका थिए । उनी जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । जनमतमा प्रवेश गरेसँगै कुसवाह बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्ने बताए।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ