विराटनगर चैत्र १४ । कोशी प्रदेशको नाम परिवर्तन गरी पहिचानको आधारमा कायम गर्नु पर्ने भन्दै पहिचान पक्षधरले शुरु गरेको आन्दोलन आज पनि जारी छ ।
आज बिराटनगरमा सांसदहरु नै घेर्ने भन्दै सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको छ ।
आन्दोलनकारीले सांसदहरुलाई कार्यक्रममै घेर्ने चेतावनी दिएपछि प्रहरीले उच्च सुरक्षा तैनाथी बढाएको छ ।
यस अघि आन्दोलनका क्रममा झडपमा परी पदम लिम्बुको मृत्यु भएपछि प्रदर्शनकारी थप आक्रोशित बनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline