लुम्विनीमा मुख्यमन्त्रीका लागि काँग्रेसका चौधरीको दावी पेश, ८ दलको समर्थन

लुम्विनीमा मुख्यमन्त्रीका लागि काँग्रेसका चौधरीको दावी पेश, ८ दलको समर्थन

  • आइतवार, चैत्र १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

चैत्र १२ दाङ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबि पेश गरेका छन्।

माओवादी केन्द्र लगायत ६ दलले एमालेका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए लगत्तै चौधरीको पक्षमा सासदहरुले प्रदेश प्रमुख समक्ष निवेदन दिएका हुन् ।

चौधरीले ५४ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका हुन्। आजै ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए। नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन्। फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ