अबको दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः उपप्रधानमन्त्री श्रेष्ठ

अबको दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः उपप्रधानमन्त्री श्रेष्ठ

  • शनिबार, चैत्र ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

चैत ११, काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले गठबन्धन दलबीचकोसहमती पश्चात दुई दिन भित्रमा मन्त्रिपरिषद् बिस्तार हुने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन दिदैँ उनले भने, ‘एक दुईभित्रै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढ्नेछौं । यो कुरामा सरकार गम्भीर भएको जानकारी गराउँदै र तपाईंहरुसँग नियमित छलफल र अन्तरक्रियामा रहने वचन दिन्छु,’

मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य नरहेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले थपे, ‘अहिले अर्थतन्त्र गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ