सरकारमा सम्मानजनक भूमिका पाउनु पर्ने लोसपाको माग, बारा २ मा उपनिर्वाचन लड्ने

सरकारमा सम्मानजनक भूमिका पाउनु पर्ने लोसपाको माग, बारा २ मा उपनिर्वाचन लड्ने

  • बिहिबार, चैत्र ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

चैत्र ९ काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिताको माग गरेको छ ।

आज पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन्।

उनले निर्वाचन अघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भुमिका खेल्ने बताए। उनले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षा अनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको बताए।

उनले भने, हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ। अहिले जुन कोर्ष करेक्शनको कुरा छ, अर्थात् प्रि इलेक्शन अनाउन्स अघिको गठबन्धन सुरु भएको छ, त्यति बेला नेपाली काँग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो। त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो, हामीलाई करिव करिव बहुमत आएको थियो। गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ। यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षा अनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय भएको छ। गठबन्धनमा भएका पार्टीहरुको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ। संगठन बिस्तार र पार्टीलाई नयाँ ढंगबाट अघि बढ्ने निर्णय भएको छ। उपनिर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ। बारा २ मा हाम्रो उम्मेदवार हुनु स्वभाविक हो।’

उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ