बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? : मन्त्री मोदी

बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? : मन्त्री मोदी

  • मङ्लबार, चैत्र ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

चैत ७, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उत्पीडित जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेको बताएका छन् ।

५८ औँ अन्तर्राष्ट्रिय जातीय भेद्भाव उन्मुलन दिवसको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मन्त्री मोदीले संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजातिलगायतका उत्पीडित जातिहरुले पर्याप्त हक, अधिकार नपाएको बताएका छन् ।

उनले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताए । मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको उनको टिप्पणी थियो । ‘बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ, मन्त्री मोदीले भने ।’

मन्त्री मोदीले माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरु बोल्न पाएको उल्लेख गरे । उनले माओवादी नेतृत्वको अहिलेको मन्त्रिपरिषद्मा समावेशीता रहेको उल्लेख गरे ।

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ