मलेसियाद्वारा ९ लाख ९५ हजार कामदारका लागि कोटा प्रमाणीत, नेपालको लागि छुट्टै कोटा छैन

मलेसियाद्वारा ९ लाख ९५ हजार कामदारका लागि कोटा प्रमाणीत, नेपालको लागि छुट्टै कोटा छैन

  • मङ्लबार, चैत्र ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

चैत ७, काठमाडौँ । मलेसियाले जनवरीदेखि मार्च १८ सम्म नेपालसहित १५ वटा श्रोत देशबाट ९ लाख ९५ हजार तीन सय ९६ जना विदेशी कामदार ल्याउने कोटा प्रमाणीत गरेको छ । तर नेपालको लागि मात्रै अलग्गै कोटा भने छुट्टाइएको छैन । यद्यपि मलेसियाका लागि नेपाल प्रमुख स्रोत देश मानिन्छ ।

मलेसियाले सुरक्षा गार्डका लागि मात्रै नेपालका लागि कोट छुट्ट्याउने गरेको छ । पछिल्लो ८ महिनाको अवधिमा मलेसियाका लागि १ लाख ७४ हजार ९३८ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

मलेसियाको मानव संशाधन मन्त्रालयका अनुसार सबैभन्दा बढी कोटा उत्पादन क्षेत्रको लागि छुट्टाइएको छ । उत्पादन क्षेत्रमा तीन लाख ८७ हजार एक सय २२ जना तोकिएको छ । त्यसैगरी निर्माण क्षेत्रमा तीन लाख ४२ हजार एक सय ६ जना, सेवा क्षेत्र ९रेष्टुरेन्टको लागि मात्रै० एक लाख ४३ हजार पाँच सय ६८ जना, प्लान्टेसन क्षेत्रमा ७६ हजार ३ सय २५ जना कृषिमा ४५ हजार ८ सय ९९ जना र खानी क्षेत्रमा तीनसय ७६ जनाको कोटा प्रमाणीत गरेको छ ।

मलेसियाले यी क्षेत्रमा कामदारको अभाव भएको भन्दै श्रोत देशबाट कामदारलाई भर्ना गर्न रोजगारदातालाई अनुमति दिएको हो । मलेसियाले गत जनवारीदेखि यी क्षेत्रमा कामदार भर्ना गर्न फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान ९एफडब्लुइआरपी० कार्यक्रम लागू गरेको थियो । कोटा प्रमाणीत गरे अनुसार रोजगारदाताहरुले कामदार भर्ना प्रक्रियालाई ढिला गर्न थालेपछि आइतबार(चैत ४) देखि नयाँ कोटा प्रमाणीत गर्ने कार्य भने रोकिएको छ । ‘कोटा प्रमाणीत अनुसार कामदार ल्याउने कार्य भने सुस्त छ । यो समयमा रोजगारदाताले आफूले पाएको कोटा अनुसार तीव्र गतिमा भर्ना गर्नुपर्छ’, मानव संशाधन मन्त्री भी शिवकुमारले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलका अनुसार मलेसियाले देशगत आधारमा कामदार ल्याउने कोटा तोक्ने गरेको छैन । उनले सरकाबाट कोटा प्रमाणीत भए पनि रोजगारदाताले आफू अनुकुल कामदार भर्ना गर्ने अवस्था रहेको बताए ।
पछिल्लो तीन महिनामा नेपालबाट कामदार ल्याउन १२ सय २९ वटा कम्पनीले नेपाली दूतावासमा मागपत्र प्रमाणीत गराएका थिए । त्यसअघिको तीन महिनामा भने ४५ सय ३७ वटा कम्पनीले मागपत्र प्रमाणीत गरेका थिए ।

आर्थिक मन्दीका कारण मलेसियाको उद्योगमा उत्पादनमा कटौती गरिरहेको छ । कामदारहरुले नियमीत ड्युटी (आठ घण्टा) मात्रै दिइरहेको छ । ओभरटाइम दिइएको छैन । मलेसियामा न्यूनतम तलबवापत १५ सय रिंगेट र ओभरटाइमवापत करिब ८ सय ४३ रिगेट गरी २३ सय ४३ रिगेट (करिब ७० हजार रुपैयाँ) पाउने भन्दै नेपाली कामदारको आकर्षण छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी