चैत्र ६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विस्वासको मत लिँदैछन् ।
आज बस्ने संसद बैठकमा प्रधानमन्त्रीले विस्वासको मत लिन लागेका हुन् । गत पुष १० मा बनेको एमाले नेतृत्वको गठबन्धन तोडिएपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले फेरी विस्वासको मत लिनु परेको हो ।
आज प्रधानमन्त्रीलाई एमाले, राप्रपा र नेमकिपा बाहेक अन्य सबै दलले विस्वासको मत दिने निर्णय गरीसकेका छन् ।
काँग्रेस नेतृत्वको अहिलेको गठबन्धन अनुसार अबको दुई वर्ष प्रधानमन्त्री प्रचण्ड रहने छन् भने यो सरकारमा काँग्रेस सहित अन्य दल सामेल हुनेछन् । विस्वासको मत लगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline