चैत्र ५ काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको पनि बताए । प्रधानमन्त्रीले विस्वासको मत लिएपछि सरकार विस्तार गर्ने पनि महतले जानकारी दिए ।
डा. महतले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षा सहित कांग्रेस सरकारमा जाने निर्णय भएको जानकारी दिए ।
उहाँले आइतबार बस्ने संसद बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने पनि जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline