चैत्र ४ काठमाण्डौँ । सत्तारुढ दश दलले प्रधानमन्त्री प्रचण्डलाई एकतावद्ध भएर विस्वासको मत दिने निर्णय गरेका छन् ।
आज बालुवाटारमा बसेको बैठकमा दश दलका नेताहरुले यस्तो निर्णय गरेका हुन् ।
आजको बैठकमा बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता थियो।
साथै दलहरुले संसदमा भोली पेश हुने संक्रमणकालिन न्याय सम्बन्धि विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने निर्णय गरेका छन् ।