संक्रमणकालीन न्यायको व्यवस्थामा राष्ट्रिय सहमति गर्नु पर्छ : राष्ट्रपति

संक्रमणकालीन न्यायको व्यवस्थामा राष्ट्रिय सहमति गर्नु पर्छ : राष्ट्रपति

  • शनिबार, चैत्र ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

चैत्र ४ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति आफू सदैव सचेत रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसद र सातै प्रदेश सभा सदस्यको सम्मानमा शनिबार राष्ट्रपति भवनमा आयोजना गरिएको चियापान कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहनेमा जोड दिए ।

‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’ राष्ट्रपतिले भने ।

संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखा पर्न थालेका असरहररुको न्यूनीकरण तथा राजनैतिक उपलब्धिहरूको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ