काठमाडौं चैत्र ३। उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि जनता समाजवादी पार्टीका सांसद मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर भोट हाल्न संसद् भवन ल्याइएको छ।
मधेश प्रदेशमा जसपाका सांसद तथा सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका आजादलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइएको संसद सचिवालयले जनाएको छ ।
राज्यमन्त्री आजादको खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रामा सेन्टरमा अपरेशन गरिएको थियो। अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो।
उपराष्ट्रपतिको निर्वाचनमा अहिले मतदान जारी छ । मतदान पछि आजै गणना गरी परिणाम सार्वजनिक हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline