चैत्र २ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता गराएका छन् ।
संसदमा विस्वासको मत लिने सचिवालयले कार्यसूची बनाएको छ । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने भएपछि फागुन १५ गते एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। फागुन १३ गते राप्रपाले सरकार छोडेको थियो।
अघिल्लो पटक ९९.२५ प्रतिशत विस्वासको मत पाएर ऐतिहासिक रेकर्ड बनाएका प्रधानमन्त्रीले यस पटक भने त्यो मत पाउने छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline