६ वटा प्रदेशका प्रमुखहरुले भेटे प्रधानमन्त्री

६ वटा प्रदेशका प्रमुखहरुले भेटे प्रधानमन्त्री

  • बुधबार, चैत्र १, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ चैत्र १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश प्रमुखहरूले आज सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा संघीयताको कार्यन्वयन लगायतका विषयमा छलफल भएको थियो ।

वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रधानमन्त्रीसँगको भेटमा संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको बताए । जनताको त्याग र बलिदानबाट प्राप्त संघीयता जोगाउन प्रधानमन्त्रीले आवस्यक कदम चाल्ने आशा आफूहरुले राखेको उनले बताए । प्रधानमन्त्रीसँगको भेटमा प्रदेश प्रमुखहरूले मर्यादाक्रमको विषय पनि उठाएका थिए ।

संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे प्रधानमन्त्रीले सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई बोलाएर छलफल गर्ने जानकारी गराएका थिए ।

भेटमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार सहभागी थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी भने उपस्थित थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ