काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुनेछ ।
चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थन छ ।
बैठकमा अब उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रीपरिषद् विस्तार हुने भएकाले सरकारमा सहभागी हुने मन्त्रीहरुका बिषयमा समेत छलफल हुने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline