सि जिनपिङले राष्ट्रपति पौडेललाई बधाई सन्देश दिँदै रणनीतिक साझेदारीको सम्बन्धको निरन्तरतामा जोड दिए

सि जिनपिङले राष्ट्रपति पौडेललाई बधाई सन्देश दिँदै रणनीतिक साझेदारीको सम्बन्धको निरन्तरतामा जोड दिए

  • मङ्लबार, फाल्गुन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

बेइजिङ फागुण ३० । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी जिन पिङले बधाई सन्देश पठाएका छन् ।

मंगलबार पठाइएको शुभकामना सन्देशमा सीले उच्च गुणस्तरको “बेल्ट एण्ड रोड” निर्माणको क्रमलाई अघि बढाउँदै मानवीय आदानप्रदान तथा सहयोगका क्षेत्र विस्तार गर्ने क्रममा सँगसँगै अघि बढ्ने अपेक्षा गरेका छन्।

साथै उनले विकास र समृद्धि उन्मुख युगौं युगसम्मको मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने इच्छा पनि जाहेर गरेका छन्।

सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपाल र चीनबीचको सम्बन्ध निरन्तर स्वस्थ तथा स्थिर रुपमा अघि बढिरहेको भन्दै सीले यो सम्बन्धले ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको उदाहरण देखाएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘चीन(नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै परम्परागत मित्रतालाई अगाडि बढाउन र दुई देशबीचको राजनीतिक विश्वासलाई मजबुत बनाउनका लागि महामहिम राष्ट्रपति पौडेलसँगै मिलेर काम गर्ने इच्छा मैले लिएको छु।’

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति , पाकिस्तानी राष्ट्रपति लगायतले बधाई दिएका थिए ।

पौडेलले हिजो मात्रै शपथ लिएर कार्यभार सम्हालेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ