फागुण ३० काठमाडौं । माओवादी धारका नेताहरुले मंगलबार नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन् ।
विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन् ।
गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
ती पार्टीहरुले प्रधानमन्त्री प्रचण्ड बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएपछि आक्रोश व्यक्त गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline