उपराष्ट्रपतिकी उम्मेद्धार प्रमिलाले राम सहायप्रसाद यादवलाई समर्थन गर्ने

उपराष्ट्रपतिकी उम्मेद्धार प्रमिलाले राम सहायप्रसाद यादवलाई समर्थन गर्ने

  • सोमवार, फाल्गुन २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, फागुन २९ गते । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
सांसद प्रमिलाले पार्टीकै नेता रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी हुन् ।

सांसद प्रमिलाले ‘‘गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुभएका पूर्वमन्त्री जसपा, नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरङ्कुश शासन प्रणालीका विरुद्ध लोकतन्त्र स्थापनका लागि त्याग र सङ्घर्ष गर्नुभएको अग्रज नेता भएकाले उपराष्ट्रपतिमा जिताउन अपील गरेकी छन् ।

सांसद प्रमिलाले यादव राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रूपले समाजको अग्रगामी रूपान्तरण र परिवर्तनको सङ्घर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक–पटक भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै आफूपछि हटेको जानकारी दिए ।

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य र गठबन्धनबाट राम सहाय प्रसाद यादवबीच प्रतिस्पर्धा छ । त्यस बाहेक प्रमिला यादव र ममता झाको समेत उम्मेद्धारी कायम रहेको छ ।

आगामी चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यस अघि फागुण २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ