जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय छ : राजदूत डा. सुवेदी

जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय छ : राजदूत डा. सुवेदी

  • सोमवार, फाल्गुन २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

टोकियो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताउनु भएको छ ।

टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रम जापानका लागि नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै दूतावासको टेलीकमको समस्याको समाधान छिट्टै हुने बताउनु भयो ।

कार्यक्रममा सम्बोधन गर्नेक्रममा राजदूत डाक्टर सुवेदीले जापानको नेपाली समाज विश्वका नेपाली समुदाय भन्दा संगठित र अनुकरणीय रहेको बताउनु हुँदै आफ्नो नेतृत्वको नेपाली दूतावासमा भ्रष्टाचार हुन दिन्न र नहुने जिकिर गर्नु भयो ।
कार्यक्रमकै बीचमा राजदूत डा. सुवेदीले जापानको संचारकर्मले जापानी र नेपाली समाजको पुलको रूपमा काम गरिरहेको बताउनु भएको छ । पत्रकार महासंघ र यहाँको नेपाली संचारकर्मले नेपाली कला, संस्कार र संस्कृतिलाई जोगाउन टेवा पूर्याएको छ । जापानको नेपाली पत्रकारिताले दूतावासको कामलाई नेपाली समुदायमा पूर्याउन उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नु भयो।

उक्त समारोहमा पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरि १३ वर्ष लागेको अवसरमा संस्थापकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो ।

सो स्थापना दिवस विशेष कार्यक्रमको अवसरमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिक उपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक सभापति तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष रथा महासंघका संस्थापक सल्लाहकार भूषण घिमिरे, नेपाल आदिवासी जनजाति महासंघजापानका अध्यक्ष
संजीब राई, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाश केसी लगाएत व्यक्तित्वहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जापानमा रहेका सक्रिय नेपाली पत्रकार, नेपाली दूतावास, एनआरएनए र विभिन्न नेपाली संघ-संस्थाको नेतृत्वको उपस्थितिमा संस्थापकहरुलाई माया चिनो प्रदान, शुभकामना आदान-प्रदान र चियापान गरेको थियो ।

पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमा स्थापना भएको थियो ।

कार्यक्रममा संस्थापन समयको इतिहास सुनाउनु हुँदै संस्थापक सभापति तिलक मल्लले पत्रकारिता गर्ने युवाहरुलाई कडा मेहनत गर्नु पर्ने बताउनु भयो ।

उक्त शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम महासंघका सचिव राजन गौतमले संचालन गरि उपाध्यक्ष इन्द्रा खनालले स्वागत मन्तव्य र अध्यक्ष शान्त पहरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी