नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शपथ लिने

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शपथ लिने

  • आइतवार, फाल्गुन २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं, २८ फागुन । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर,हाल प्रधानन्यायाधीश नियुक्त नभएकाले कायममुकायम प्रधानन्यायाधीश कार्कीले शपथ खुवाउनेछन्।

पौडेलको शपथ ग्रहणपछि उनको औपचारिक पदावधि सुरू हुनेछ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन्। मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिदैछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ