रुस युक्रेन युद्ध शुरु भएको एक वर्ष नाघेको छ । फेब्रुअरी २४ २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि यसले संसारका शक्ति राष्ट्रहरुलाई दुई ध्रुवमा बाँडेको छ । अमेरीका र युरोपेली र कतिपय एशियाली देशहरु युक्रेनको पक्षमा उभिएका छन् । उनीहरुले भारी मात्रामा अत्याधुनिक हतियार र रकम युक्रेनलाई दिईरहेका छन् ।
चीन र भारत जस्ता एशियाली देशहरु यस युद्धमा तठस्थ भूमिकामा छन् भने अफ्रिीका ब्राजिल जस्ता देशहरु पनि तठस्थ छन् । एशियाकै जापान, अष्ट्रेलिया जस्ता देशहरु युक्रेनको पक्षमा छन् । एक वर्ष हुँदा पनि यो युद्ध अन्त्य नहुँदा विश्वभर मानवीय र आर्थिक संकट गरिरिने दिशातिर गईरहेको छ ।
रुसले युक्रेनमाथि हमला शुरु गरेपछि लगातार बढ्न थालेको कच्चा तेलको मूल्यले मंगलबार १३९ डलर प्रतिव्यारेलको उचाईसम्म छोयो। जबकी गत फेब्रुअरी महीनाको आखिरीसम्म विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा कम थियो।
युद्धको प्रभाव अर्थतन्त्र र जनजीवनमा
रुस–युक्रेन द्वन्द्वका कारण अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दर खस्किएर नयाँ रेकर्ड विन्दुमा विश्व शक्ति राष्ट्रहरूको दाउपेचको असर सर्वसाधारण नेपालीको भान्छासम्मै आइपुग्न शुरु गरिसकेको छ। पछिल्लो एक महीनाकै बीचमा नेपाली बजारमा अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढिसकेको छ । पूरानै स्टक भएपनि व्यवसायीहरूले युद्धलाई कारण देखाएर मूल्य बढाउन थालिसकेका छन्। अर्थशास्त्री डा. दधि अधिकारी नेपाली बजारमा नियमन कमजोर रहेका कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिलाई निहुँ पारेर उपभोक्तालाई चर्को मूल्य तोक्ने अभ्यास रहेको बताउँछन्। “हाम्रो बजार प्रतिस्पर्धी छैन, त्यसैले मिलेमतोमा मूल्य बढ्न शुरु गरिसकेको छ,” उनी भन्छन्।
एक वर्ष अगाडि रु. १२० हाराहारी रहेको भटमासको तेलको मूल्य प्रतिलिटर अहिले रु। २ सय ५५ हाराहारी पुगेको छ। एक महीना अगाडिका तुलनामा यसको मूल्य प्रतिलिटर करीब रु. ३० ले बढिसकेको छ। सूर्यमुखी तेलमा प्रतिलिटर रु. ४० बढेर रु। २ सय ८० हाराहारी पुगेको छ। चामल, गेडागुडी, तरकारी सबै चिजबिजको मूल्य बढ्न शुरु भइसकेको छ। रूस र युक्रेनबीचको युद्धले यतिबेला विश्वभर चासो र चिन्ताको अवस्था सिर्जना गरेको छ । युद्धले अशान्तिको अवस्था सिर्जना गर्नेमात्र नभई आर्थिक रूपमा पनि कमजोर बनाउँछ । युरोपेली मुलुक युक्रेनमा रूसले आक्रमण गर्दा नेपालजस्तो तेस्रो मुलुकसम्म युद्धका प्रभाव आइपुगेका छन् । असंलग्न परराष्ट्र नीति अख्तियार गरेको नेपालले खासगरी युक्रेन र रूस दुवै मुलुकसँग व्यापार गर्ने भएकाले पनि नेपाली अर्थतन्त्रमा असर परेको हो ।
युद्ध अन्त्य अझै अनिश्चित
रूस–युक्रेनबीचको यो लडाइँ कहिले टुंगिन्छ भन्ने कुनै संकेत नहुँदा सम्भावित परिणामका लागि पूर्व तयारी गर्नुपर्ने देखिन्छ । खासगरी यो युद्धको असर नेपालको भान्सासम्म नै आइपुग्न थालिसकेको छ । नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध रहेको र खाने तेलका लागि युक्रेनसँगै निर्भर रहनुपरेको अवस्था छ ।
नेपाल र युक्रेनबीच वार्षिक साढे १७ अर्ब रुपैयाँको व्यापार हुने र यसमा पनि खाने तेलको विषय निकै संवेदनशील देखिन्छ । नेपाली उत्पादनको निर्यात नगन्य भए पनि तत्काल आयात प्रतिस्थापनको विकल्प नहुँदा समस्या देखिन्छ । खासगरी युक्रेनबाट आउने खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण एवं तयारी कपडा तथा नेपालबाट निर्यात हुने कार्पेट, चिया र चित्रकलाको व्यापारमा समस्या आउने देखिन्छ । पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी, कृषि उत्पादन र औद्योगिक उत्पादनमा प्रभाव पार्ने भएकाले पनि यसको विकल्पका लागि समयमै ध्यान दिनु आवश्यक छ । नेपाल र युक्रेनबीच वार्षिक साढे १७ अर्ब रुपैयाँको व्यापार हुने र यसमा पनि खाने तेलको विषय निकै संवेदनशील देखिन्छ । नेपाली उत्पादनको निर्यात नगन्य भए पनि तत्काल आयात प्रतिस्थापनको विकल्प नहुँदा समस्या देखिन्छ । खासगरी युक्रेनबाट आउने खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण एवं तयारी कपडा तथा नेपालबाट निर्यात हुने कार्पेट, चिया र चित्रकलाको व्यापारमा समस्या आउने देखिन्छ । पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी, कृषि उत्पादन र औद्योगिक उत्पादनमा प्रभाव पार्ने भएकाले पनि यसको विकल्पका लागि समयमै ध्यान दिनु आवश्यक छ । असको कुरा गर्दा रसिया र युक्रेनमा व्यापक नकारात्मक प्रभाव पर्छ । त्यसपछि युरोपियन युनियन हुँदै अमेरिकी बजारमा र अन्य राष्ट्रमा समस्या पर्छ । ठूलो क्रयशक्ति भएका देशका लागि यो युद्धले ठूलै असर गर्छ । अमेरिकन, युरोपियन देशको अर्थतन्त्र कहीं न कहीं खुम्चिन्छ भन्ने आकलन छ । नेपालजस्तो देशका लागि व्यापार, रेमिन्ट्यान्स, पर्यटन र अनुदान वा ऋणजस्ता सहयोगमा नकारात्मक असर पर्न सक्छ । हिजोका अभ्यासहरूमा पनि रेमिट्यान्स र पर्यटनमा धेरै समस्या परेको देखिएको थियो । छिमेकी मुलुकहरू भारत र चीनहरूले रूस र युक्रेनको युद्धमा फरक भूमिका देखिएका छन् । यसले पनि नेपालको अर्थतन्त्रमा भविष्यमा असर देखिन्छ ।
अर्कोतिर रुस युक्रेन युद्धले विश्वव्यापी प्रभाव र शक्तिमा रहेको अमेरीकी डलरको विकल्प खोज्न शुरु भएको छ । हालैका दिनमा रुसबाट भारतमा पश्चिमा प्रतिवन्धका बीच कच्चा तेलको आयातमा ठुलो बृद्धि भएको छ । यसको भुक्तानी रुसी रुबल र भारतीय रुपैयामा भईरहेको छ । चीनले समेत रुस सँगको कारोबारमा डलरको विकल्पमा युआन र रुबलमा गरिरहेको छ । अन्त्य तेल उत्पादक र बस्तु निर्यात आयात गर्ने तठस्थ देशहरुले पनि रुससँगको व्यापार डलरको विकल्पमा गर्न शुरु गरेका छन् । यसले गति लिएरमा अमेरीकी डलर भविष्यमा कमजोर हुनेछ । तर यो युद्ध अन्त्य गर्न अमेरीका, जर्मन, फ्रान्स बेलायत जस्ता देशहरुका लागि पनि अनिवार्य छ । युरोपमा रुसी ग्यासँ र तेलको विकल्प महगो हुनेछ ।
यो युद्धमा कम्तीमा रुसको पराजयका रुपमा पश्चिमाहरुले खोजीरहेको देखिन्छ । रुस पनि आफू बिजयी भएको सन्देश दिन चाहन्छ । अतः मानवताका लागि पनि यो युद्ध रोकिनु पर्छ ।
यस सम्बन्धमा पोर्चुगल बस्ने नेपाली युवा केशब वास्तोलाको पत्राचार महत्वपूर्ण छ । पर्वतको एक गाँउमा जन्मिएका साधारण युवाले युद्ध रोक्ने आव्हान्, शान्ति र मानवताको प्रसार गर्ने क्रममा रुसका विभिन्न पक्षबाट ईमेलहरुको प्रतिकृया समेत आएका छन् । जुन मेलहरुमा रुसी पक्षले यो युद्ध युक्रेनी जनताका बिरुद्ध नभई नाटो र पश्चिमा शक्तिहरु बिरुद्ध भएको पुटिनको सन्देश समेटिएको छ । यद्यपि, युक्रेनी पक्षबाट यस विषयमा प्रतिकृया प्राप्त नभएको वास्तोलाको भनाई छ ।
एक नेपाली युवाको यो अपील, आव्हान् सहितको पत्राचार संसारका सबै शक्ति राष्ट्रका प्रमुखहरुलाई गरिएको थियो । संसारका नागरिकहरु स्वयं यूरोपमा पनि यो युद्ध रोकिनु पर्ने र शान्ति पुनर्वहाली हुनु पर्ने माग सहित प्रदर्शनहरु भईरहेको सन्दर्भमा महत्वपूर्ण छ ।
यो युद्ध रोकेर शान्तिको वहाली र मानवताको प्रसार र विस्तार हुन सके विश्वव्यापी नागरिकहरुको जनजीवन पनि सहज हुने थियो । विश्वले बास्तोलाले जस्तै युद्धमा कुनै पनि शक्तिको हार वा जीत हैन मानवताले बिजय प्राप्त गरोस् भन्ने चाहिरहेको देखिन्छ ।