शान्ति प्रकृया टुंगोमा पुर्याउने विषयमा अभियान जारी राख्ने माओवादी धारका पार्टीहरुको निर्णय

शान्ति प्रकृया टुंगोमा पुर्याउने विषयमा अभियान जारी राख्ने माओवादी धारका पार्टीहरुको निर्णय

  • शुक्रबार, फाल्गुन २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ फागुण २६ । माओवादी धारका दलहरुले शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने र शान्ति प्रकियाका पक्षमा निरन्तर अभियान जारी राख्ने बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने बताए । फागुन ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्ति प्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने उनले बताए ।

शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो प्रवृत्तिका बारेमा सजग र सतर्क सबै भएका छन्, महासचिव गुरुङले भने, ुशान्ति प्रक्रियालाई उल्ट्याउन खोजेको नै हो भने शान्ति प्रक्रिया समाप्त भयो भन्न खोजेको हो भने अर्कै कुरा हुन्छ ।

यस्तै, महासचिव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए । महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि सरकार विस्तार हुने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ