राष्ट्रपति निर्वाचनः ८३१ मत खस्यो, केहीबेरमा मतगणना

राष्ट्रपति निर्वाचनः ८३१ मत खस्यो, केहीबेरमा मतगणना

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुन २५, काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । मतदानमा ८३१ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ।
संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो।संघतर्फ २१ मत र प्रदेशतर्फ ३२ ले मत हालेनन् ।

संघीय संसद्का ३३१ सांसदमध्ये मतदानमा अनुपस्थित राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् ।

संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ । तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ

बिहीबार १० बजेदेखि सुरु भएको राष्ट्रपति निर्वाचनको मतदान कार्यक्रम दिउँसो ३ बजे सकिएको हो । राष्ट्रपति निर्वाचनको मतगणना ४ बजेदेखि गर्ने तयारी भएको छ । राष्ट्रपतिमा निर्वाचितलाई बिहीबार साँझ नै निर्वाचित भएको प्रमाणपत्र दिने गरी निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडैल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेल कांग्रेसबाट सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् भने नेम्वाङ एमालेका उम्मेदवार हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ