जस्तो भएपनि पुज्ने बानी परेकाहरुले देशका लागि अडेर काम गरेकै कारण राष्ट्रपतिको बिरोध गरेः ओली

जस्तो भएपनि पुज्ने बानी परेकाहरुले देशका लागि अडेर काम गरेकै कारण राष्ट्रपतिको बिरोध गरेः ओली

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

फागुन २५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर यसअघिको राष्ट्रपतिको मर्यादा नगरेको बताएका छन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर राष्ट्रपतिको बिरोध भएको बताए । उनले दुवै राष्ट्रपतिले यसअघि राम्रो काम गरेको बताए ।

उनले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाँउमा आउन सक्ने संकेत गरेका छन् । अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ र केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउन नसक्ने उल्लेख गरे ।

उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा,जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका बहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए ।

एमाले-कांग्रेसको सम्बन्धबारे बोल्दै उनले राजनीतिमा जे पनि सम्भव हुने भन्दै एक ठाउँमा नआउने भनेर कसम नखाएको पनि बताए ।

अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ