राष्ट्रपतिको व्यहारबाट राजसंस्थाको आभाष भयो, यो क्रमलाई भंग गर्नुपर्छः गगन थापा

राष्ट्रपतिको व्यहारबाट राजसंस्थाको आभाष भयो, यो क्रमलाई भंग गर्नुपर्छः गगन थापा

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

फागुन २५, काठमाडौं । राष्ट्रपतिमा मतदानपछि सांसद् गगन थापाले राष्ट्रपतिको व्यहारबाट राजसंस्थाको आभाष भएकोले यो क्रमलाई भंग गर्न आवश्यक भएको प्रतिकृया दिएका छन् ।

संसद् भवनमा राष्ट्रपतिमा मतदानपछि थापाले राष्ट्रपतिले संविधानको रक्षा र पालनामा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउदै संस्थाप्रतिको जनविश्वास जोगाउनु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

थापाले भने, ‘यो निर्वाचनपछि आउने राष्ट्रपतिले कतिपय कुरालाई सच्याउँदै जानुपर्छ । संस्थाप्रतिको जनविश्वास जोगाउनुपर्छ । राष्ट्रपतिले संविधानको रक्षा पालना र आचरणमा ध्यान पुर्‍याउनुपर्छ । हामीले बनाएको नियम कानुन हो । राष्ट्रपतिलाई दोष दिएर हुँदैन । राजसंस्था छ भन्ने आभाष हुने कार्य भयो । यो क्रमलाई भंग गर्न जरुरी छ ।’

राष्ट्रपतिको व्यहारबाट राजसंस्थाको निरन्तरता छ भन्ने आभाष पनि भएको भन्दै यो क्रमलाई अब भंग गर्नुपर्ने बताए । राष्ट्रपति सडकमा ननिस्किउन् भन्ने ठान्नुपर्ने अवस्था आएको थापाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ