संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलतः नेम्वाङ

संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलतः नेम्वाङ

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

फागुन २५, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलत भएको टिप्पणी गरेका छन् । बिहीबार संसद् भवनमा राष्ट्रपतिको निर्वाचन चलिरहेका बेला राष्ट्रपतिका उम्मेदवार नेम्वाङले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको निर्णय गलत भएको बताए ।

एमालेसहितको गठबन्धन सरकारमा सामेल भएको राप्रपाले सभामुखसहित अन्य पदहरूमा एमाले उम्मेदवारलाई मत दिएको थियो ।

राष्ट्रपतिमा पनि राप्रपाले एमालेलाई मत दिने आकलन थियो । तर राप्रपाले बुधबार मात्रै राष्ट्रपति निर्वाचनमा मतदान नै नगर्ने निर्णय लिएको थियो ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने, ‘उहाँहरूको निर्णय जे सुकै भएपनि म त्यसलाई सम्मान गर्छु । तर, यो अलिक ठीक भएन भन्ने मलाई लागेको छ, मैले त उहाँहरूको कार्यालयमै पुगेर सुझाव दिएका थिएँ । तपाईंहरू यही प्रक्रियामा अगाडि बढ्नुहोस् । यो प्रक्रियामा भाग लिएरै जनताको बीचमा जान सकिन्छ भनेर सुझाव दिएको थिएँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ