जनयुद्धकालीन मुद्धा सर्वोच्चले हैन सत्य निरुपण तथा मेलमिलाय आयोगले हेर्ने हो : बाबुराम

जनयुद्धकालीन मुद्धा सर्वोच्चले हैन सत्य निरुपण तथा मेलमिलाय आयोगले हेर्ने हो : बाबुराम

  • सोमवार, फाल्गुन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

फागुण २२ काठमाण्डौँ । नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष डा। बाबुराम भट्टराईले ‘जनयुद्धकालीन’ मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई मुद्धा लगाउन पाइने तर जनयुद्धकालिन मुद्धा नियमित अदालतले हेर्न नमिल्ने बताए ।

आइतबार राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा हालेर जिस्काउन खोजिएको भन्दै चेतावनी दिएका थिए ।

‘सानो स्पष्टीकरण–बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन१ मज्जाले पाइन्छ! म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु,’ भट्टराईले ट्वीटमा भनेका छन्, ‘अदालतमा हाजीर भएको छु! तर शान्तिसम्झौता अनुसारजनयुद्धकालीन मुद्दा त्च्ऋले हेर्ने हो, नियमित अदालतले हैन!’

आवेग भन्दापनि विवेकले काम गर्न अनुरोध गर्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डको हकमा पनि सोही प्रक्रिया लागू हुने उल्लेख गरेका छन्। ‘प्रम प्रचण्डको हकमा पनि त्यही हो! आवेग हैन विवेकले काम गरौं !’ उनले भनेका छन्।

रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्रराज आराण लगायतको प्रधानमन्त्री बिरुद्ध मुद्धा दर्ता गराएका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ