सुदुर पश्चिमका मुख्यमन्त्री शाहले पाए विस्वासको मत

सुदुर पश्चिमका मुख्यमन्त्री शाहले पाए विस्वासको मत

  • आइतवार, फाल्गुन २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

फागुण २१ काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। आइतबार प्रदेश सभा बैठकबाट शाहले विश्वासको मत पाएका हुन्। सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत पाएको घोषणा गरे।

शाहको पक्षमा ४१ प्रदेश सांसदले मतदान गरेका छन्। विपक्षमा ११ सांसदले मत खसाले। विश्वासको मत विभाजनमा ५२ प्रदेश सांसद उपस्थित थिए। शाहले दुई तिहाइ भन्दा बढि मत पाएका हुन्।

कांग्रेस नेतृत्वको सरकारलाई माओवादी, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजावादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

नेकपा एमाले र राप्रपाले शाहलाई विश्वासको मत दिएन। सुदूरपश्चिमको हकमा यो एतिहासिक हो। संविधाको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

यो सँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ