सबै विभाजित माओवादीहरुलाई एकै ठाँउमा उभिन प्रचण्डको अपील

सबै विभाजित माओवादीहरुलाई एकै ठाँउमा उभिन प्रचण्डको अपील

  • आइतवार, फाल्गुन २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

फागुण २१ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादीहरु एक हुने समय आएको बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले समयले सबै माओवादीहरुलाई एक ठाउँमा बनाउन थालेको बताएका हुन् ।

‘मैले पटक पटक, चाहे जनयुद्ध दिवसका दिन होस् । चाहे सहिद दिवसको दिनको कुरा होस् । जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको सन्दर्भमा गोरखामा गएर अपिल गरेँ । अब समय आएको छ, सबै माओवादीहरु एक ठाउँमा केन्द्रीत हुन जरुरी छ’ प्रचण्डले भने, ‘माओवादी आन्दोलन ठूलो प्रवाहको रुपमा अगाडि आयो । शान्ति प्रक्रियामा आएपछि विभिन्न भंगालाहरुको रुपमा विभाजित भयो । अब समय बग्दै जाँदा ती सबै भंगालाहरु मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो ।’

सबै विभाजित माओवादी नेताहरुले पाएको शिक्षालाई आफ्नो सम्पत्ति सम्झेर एकता गर्नुपर्ने प्रचण्डले बताए । बाबुराम, बैद्य, विप्लवले हाँसिल गरेको अनुभवहरु पनि रहेकाले अब नयाँ ढंगले सोच्नु पर्ने बताए ।

माओवादी शक्तिशाली भए मात्रै परिवर्तनका उपलब्धीलाई रक्षा गर्न सकिने प्रचण्डले बताए ।

यसै गरी सोही कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धलाई अपराधिकरण गर्ने प्रवृति बढेको भन्दै अब सबै माओवादी एक ठाँउमा आउनु पर्ने बताए ।

तत्काल एकता संभव नभए पनि सहकार्य र कार्यगत एकताको माध्यमबाट मिलेर अघि बढ्न उनले अपील गरे । उनले बहालवाला प्रधानमन्त्री बिरुद्ध मुद्धा हाल्नु जनयुद्धलाई जिस्क्याउनु भएको पनि चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ