पाँच वर्ष सम्म आठ दलीय गठबन्धन टिक्छ भन्दै गगन थापाले गरे प्रचण्डको प्रशंसा

पाँच वर्ष सम्म आठ दलीय गठबन्धन टिक्छ भन्दै गगन थापाले गरे प्रचण्डको प्रशंसा

  • शुक्रबार, फाल्गुन १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

फागुण १९ काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने र यो गठबन्धन पाँच वर्ष सम्म टिक्ने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा थापाले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे ।

“आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो”, उनले भने। कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उहाँले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको पनि बताए ।

चुनाव अघि गठबन्धन गर्न नहुने भन्दै आएका थापा काँग्रेसको हातबाट सबै पद गुमेपछि भने गठबन्धनको पक्षमा बोल्न थालेका हुन् ।

महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको बताए ।

उनले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले पाँच वर्ष एमालेकै समर्थनमा प्रधानमन्त्री पाउने संभावना समेत त्यागेर आएको भन्दै प्रशंसा गरे । साथै माधव नेपालको पनि प्रशंसा गरे ।

बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आठ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति पदका उम्मेदवार पौडेललाई अहिले दश दलको समर्थन प्राप्त भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ