आठ दलले आज बागमती प्रदेश सभा सदस्यहरुलाई प्रशिक्षण दिँदै

आठ दलले आज बागमती प्रदेश सभा सदस्यहरुलाई प्रशिक्षण दिँदै

  • शुक्रबार, फाल्गुन १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

१९ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

हिजो संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

कार्यक्रम आनन्द इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजे हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेललाई विजयी गराउन भन्दै गठबन्धनका नेताहरुले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य ७ राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदहरु मतदाता हुने भएकाले मत क्रस नहोस् भनेर दलहरुले अभिमुखीकरण गर्न लागेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ