फागुण १८ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो नभएको बताएका छन् । आठ दलीय गठबन्धनले सांसदहरुका लागि राखेको सँयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रधानमन्त्री पद गए पनि नगए पनि संविधान र लोकतन्त्रको रक्षाका लागि नयाँ गठबन्धनको विकल्प आफूले खोजेको बताए ।
उनले पुष २६ गते संसदमा संवोधनका क्रममा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठिक थियो भनेर भनेपछि आफूलाई चसक्क भएको र नयाँ विकल्प खोजेको दावी गरेका छन् ।
अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि सबै संविधान र लोकतन्त्रको पक्षमा उभिएर संसद पुनःस्थापना गर्न सडकसम्म गएको उनले सम्झिए । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ‚ दाहालले भने ।
उनले पौडेलले आठ मात्र होइन १० दलको समर्थन रहेको दाबी गरे । गठबन्धनमा रहेका दलका साथै आम जनता र नेपाल समाजवादी पार्टीको र स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको उल्लेख गरे ।
पौडेल राष्ट्रपति हुने निश्चित रहेको र त्यो लोकतन्त्रको हितमा रहेको प्रचण्डको दाबी छ ।