फागुण १८ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब बन्ने राष्ट्रपतिले संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको रक्षामा जोड दिनु पर्ने बताएका छन् ।
आठ दलीय गठबन्धनका सांसदहरुका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपतिको भूमिका संविधानको रक्षा र स्वाधीनताको रक्षामा केन्द्रीत भएर अघि बढाउन सुझाव दिए ।
पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय चुनौतीहरुलाई ख्याल गर्ने र एकताबद्ध भएर सबैलाई लैजान सक्ने भूमिका राष्ट्रपतिबाट हुनुपर्ने पनि बताए ।
उनले चुनावमा नेकपा एसका तर्फबाट सबै सांसदहरुको मत कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा जाने प्रतिबद्धता जनाएका थिए । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline