प्रदेश १ अब कोशी प्रदेशमा रुपान्तरण,८२ सांसद पक्षमा र ४ विपक्षमा उभिए

प्रदेश १ अब कोशी प्रदेशमा रुपान्तरण,८२ सांसद पक्षमा र ४ विपक्षमा उभिए

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

फागुण १७ काठमाण्डौँ । प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै अब एक नं प्रदेशको नाम कोशी प्रदेश भएको छ । यो सँगै नेपालका सात वटै प्रदेशले नाम पाएका छन् । अन्य प्रदेशले अघिल्लै कार्यकालमा नाम र राजधानी टुंगो लगाईसकेका थिए । कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ।

बिहीबार प्रदेश सभामा भएको मतदान प्रकियामा चार जना प्रदेश संसद अनुपस्थित भएका छन् । नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी भने प्रस्तावको विपक्षमा थिए।

कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बुवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर त्यो अस्वीकृत भएको थियो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद तथा विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ