जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषद्‍को निर्णय

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषद्‍को निर्णय

  • सोमवार, फाल्गुन १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

फागुन १५, काठमाडौँ । सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने आज बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले निर्णय गरेको भएको एक मन्त्रीले बताए।

त्यसअघि सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
यस्तै भीडभाड हुने सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको छ। बैठकले राहदानी विभागसहित सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको हो।

भीडभाडका कारण समयमै सेवा लिन नपाउँदा सेवाग्राहीहरू मर्कामा पर्दै आएका छन्। यससम्बन्धी व्यापक गुनासाहरू आउन थालेपछि सरकारले बिदाको समयमा पनि कार्यालय खोल्ने निर्णय गरेको बताईएको छ।

उनका अनुसार भीडभाड हुने मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालयजस्ता सेवाप्रवाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ