प्रधानमन्त्रीले परराष्ट्रमन्त्री राईको भ्रमण रोकेपछि एमालेले बोलायो सचिवालय बैठक

प्रधानमन्त्रीले परराष्ट्रमन्त्री राईको भ्रमण रोकेपछि एमालेले बोलायो सचिवालय बैठक

  • सोमवार, फाल्गुन १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

फागुन १५, काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि एमालेले सचिवालय बैंठक बोलाएको हो ।
मन्त्रिपरिषद्‌बाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको भन्दै सोहि सन्दर्भमा छलफल गर्नका लागि सोमबार दिउँसो ११ बजे पार्टी सचिवालयको बैठक बस्ने महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेले यहि बैठकबाट सरकार छोड्ने निर्णय गर्न सक्नेछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायत विषयमा समेत छलफल हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।

राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्रिपरिषद्ले नै गरेको निर्णयअनुसार मन्त्री पौड्याल नेतृत्वको टोली आइतबार साँझ त्यसतर्फ उड्न लागेको समयमा प्रधानमन्त्रीको निर्देशनपछि उनको भ्रमण रोकिएको थियो ।

उक्त बैठकमा एमाले सरकारबाट तत्काल फिर्ता हुने अथवा केही समय कुर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाहिरिसकेको छ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ