आठ दलीय गठबन्धन बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल, सातै प्रदेशका सांसदलाई पनि अभिमुखीकरण दिइने

आठ दलीय गठबन्धन बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल, सातै प्रदेशका सांसदलाई पनि अभिमुखीकरण दिइने

  • आइतवार, फाल्गुन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

फागुन १४, काठमाडौं । आठ दलीय गठबन्धनको बैंठकमा राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर छलफल भएको छ। बैठकले आगामी फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने निर्णय गरेको छ। संघीय संसदपछि सातै प्रदेशका सांसदलाई पनि अभिमुखीकरण दिइने निर्णय गरेको छ ।

राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनको आइतबार बसेको पहिलो बैठकमा राष्ट्रपति निर्वाचन, नयाँ समीकरण, नयाँ राजनीतिक घटना क्रम लगायतका विषयमा छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसहित आठै दलका नेता सहभागी थिए। कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका देव गुरुङ, शक्ति बस्नेत, नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम बैठकमा सहभागी थिए।

राप्रपा सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान रहे पनि आजको बैठकमा विश्वासको मत बारे कुनै छलफल भएको छैन।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलसँग मिलेर राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाएपछि नेकपा एमालेले सरकार छाड्ने अपेक्षा गरिएको थियो।

एमालेले सरकार छाड्ने संकेत गरेपनि औपचारिक निर्णय गरेको छैन। सत्ता गठबन्धनको पुस १० को समझदारी भन्दै एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार उठाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ