पुस १० को सम्झौताविपरीत गए माओवादी पतन हुन्छः नेता योगेश भट्टराई

पुस १० को सम्झौताविपरीत गए माओवादी पतन हुन्छः नेता योगेश भट्टराई

  • आइतवार, फाल्गुन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

फागुन १४, जुम्ला । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० को सम्झौता विपरीत गए माओवादी पतन हुने बताएका छन् । माओवादी केन्द्रले सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको भन्दै सम्झौताविपरीत गए माओवादी पतन भएर जाने दाबी गरे ।

एमालेले सञ्चालन गरेको ुमिसन ग्रासरुटु अभियानका क्रममा जुम्ला पुगेका सचिव भट्टराईले माओवादीले पुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए ।

समझदारीकै कारण एमाले सरकारबाट नबाहिरिएको बताउदैँ उनले सम्झौताविपरीत गरे माओवादी पतनको बाटोमा जाने निश्चित रहेको बताए । उनले भने, यो वामपन्थी एक हुने अवसर भएकाले माओवादीले सहमति कार्यान्वयन गर्नेमा आशावादी छौं ।’

सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत ठूलो अवसर गुमाएको समेत बताए । राष्ट्रिपतिको उम्मेदवारका लागि एमालेको प्रस्ताव अस्वीकार गर्नु उनका लागि घाटा भएको भट्टराईको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ