दलहरुले प्रस्ताव राखे भने राष्ट्रपतिमा विचार गर्न सकिन्छ भनेको हो तर पदका लागि कसैको ढोका ढकढक्याउँदिनँः खनाल

दलहरुले प्रस्ताव राखे भने राष्ट्रपतिमा विचार गर्न सकिन्छ भनेको हो तर पदका लागि कसैको ढोका ढकढक्याउँदिनँः खनाल

  • आइतवार, फाल्गुन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

फागुन १४, वीरेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपालका राजनीतिक दल र मुख्य नेताहरू सत्ता स्वार्थमा लिप्त भएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालका उनले आफूले पद प्राप्तीका लागि कसैको ढोका नढकढक्याउने बताए । खनालले पार्टीहरूले सहमति गरे भने प्रस्ताव राखे भने राष्ट्रपतिमा विचार गर्न सकिन्छ भन्ने रहेको भएपनि राजनीतिले फरक मोड लिएको बताए । उनले भने, मुख्य राजनीतिक दलहरूमा सत्ता प्राप्तिका लागि र्‍याल चुहाउने र ढोका ढकढकाउदै हिँड्ने प्रवृत्ति छ। पटक पटक मेरो चर्चा गर्छन् तर मेरो कारणले चर्चा भएको छैन। म त्यो चर्चाका निम्ति मरिमेटी हिँडेको छैन।

अहिले मुख्य राजनीतिक दलहरूले सत्ता प्राप्तीलाई नै केन्द्रबिन्दु बनाएर हिँडेको बताउँदै नेता खनालले जसको असर जनजीविकाका सवालहरूमा परेको बताए।

नेता खनालले बामपन्थीहरूका बीचमा एकता हुनु आवश्यक रहेको औंल्याए। सम्पूर्ण बामपन्थीहरू एक ठाउँमा जम्मा भएमा मात्र परिवर्तन हुन सक्ने उनको भनाइ थियो।

नेपालका केही राजनीतिक दलहरू बाहिर बामपन्थी भन्ने तर भित्र दक्षिणपन्थी छन् उनले भने, यदि हाम्रो पाटीका कार्यदिशा नीति, सिद्धान्त, लक्ष्य र कार्यक्रम मिले भने हामी कुनै पनि पाटीसँग एकीकरण हुन सक्छ। बामहरूको बीचमा मोर्चाबन्दी बनाएर जाऊँ भन्ने कुराहरूमा सधैँभरी हाम्रो पाटी खुला छ। उनले वर्तमान सत्ता गठबन्धनमा सामान्य फेरबदल हुने संकेत गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ