प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जादैँ

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जादैँ

  • आइतवार, फाल्गुन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार कतार जानुहुने भएको छ ।

उहाँ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन कतार जान लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड फागुन २२ गतेसम्म सम्मेलनमा रहनुहुनेछ । एलडीसीको यो पाँचौं सम्मेलन हो ।

फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सरकार एवम् राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् ।

तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि कतार जानुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ