मैले दुई महिनाभित्र तीतो अनुभव र अनुभूति गरेँ, संघीयता र गणतन्त्र नस्वीकार्नेहरुको सहकार्यले जटिलता पैदा गर्‍योः प्रधानमन्त्री

मैले दुई महिनाभित्र तीतो अनुभव र अनुभूति गरेँ, संघीयता र गणतन्त्र नस्वीकार्नेहरुको सहकार्यले जटिलता पैदा गर्‍योः प्रधानमन्त्री

  • शनिबार, फाल्गुन १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

फागुन १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले जटिलता, संशय र विभ्रम मात्रै पैदा गरेको बताएका छन् ।
महेन्द्रनारायण निधिको १ सय १ औं जन्मदिनको अवसरमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको गठबन्धन बनेपछि जुन शक्ति हौसिएर आयो त्यसले गर्दा ठीक नलागेको बताए । उनले वर्तमान गठबन्धनबाट पूर्वराजा ज्ञानेन्द्रसमेत हौसिएको टिप्पणी गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, मैले दुई महिनाभित्र त्यो तीतो अनुभव र अनुभूति गरेँ र सबै लोकतान्त्रिक शक्तिहरु र हिजो ऐतिहासक रुपमा भूमिका खेलेका मिल्नुपर्छ ।उनले अगाडि थपे, म प्रधानमन्त्री बनेपछि जुन शक्तिहरु हौसिएर आयो । संविधानले पूर्वराजाको रुपमा बस्न दिएको छ तर अन्य रुपले चिन्दैन । त्यो हौसिँदा मैले के महसुस गरेँ भने म जुन गठबन्धनमा छु सायद संविधान र राष्ट्रको हितमा छैन । म अहिले धेरै भन्दा चाहन्न ।

कार्यक्रममा उनले देश राजनीतिक तथा आर्थिकरुपमा संकटग्रस्तमा अवस्थामा रहेकाले राष्ट्रिय सहमति आवश्यक भएको टिप्पणी गरे ।

दाहालले एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई राष्ट्रिय सहमतिको सुत्रधार बनौं भन्दा त्यसलाई अस्वीकार गरेको आरोप लगाए ।

सभामुख एमालेको रहेको भन्दै एमालेले चाहेर पनि प्रक्रियाबाट बाहिर जान नसक्ने बताए । , प्रचण्डले भने, “एमाले पनि अब कतै जान सक्ने अवस्थामा छैन । प्रतिपक्षमा जान सक्नु हुन्छ । आज मात्रै राप्रपाका मन्त्रीहरुले राजीनामा दिनुभयो अब हामी कानुनीरुपमा जानै नै पर्छ । सरकार नयाँ बन्छ वा पुनर्गठन हुन्छ आदि इत्यादि हुन्छ, एमालेको सभामुख हुनुहुन्छ त्यहाँबाट फुत्किएर बाहिर जान सक्ने अवस्था छैन । यस अर्थमा ८ दलले कांग्रेसलाई राष्ट्रपतिमा सहमति गर्नु ८ दलको मात्रै सहमति होइन सिंगो राष्ट्रको सहमति हो भनेको हुँ र आम नेपाली जनताको सहमति हो भनेको ठानेको छु ।”

प्रचण्डले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताए। विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “हिजो संसदका आठ दलबिच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसदका अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ। यो एकप्रकारले राष्ट्रिय सहमति नै हो।”
“नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त छैन। लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरिसकेको छैन” प्रधानमन्त्रीले भने, “फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ।”


“मैले राष्ट्रिय सहमतिकै लागि कोसिस गरेँ। हिजो एमाले अध्यक्ष केपी ओलीजीसँग पनि तपाई र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौँ भनेँ, तर सम्भव भएन” प्रधानमन्त्रीले भन्नुभयो, “संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज हुँदैन, यही निष्कर्षका साथ फेरि हामी एकठाउँ उभिएका छौँ। हामी प्राकृतिक कोर्समा फर्किएका छौँ। यो नै मुख्य कुरा हो।”
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शरदसिंह भण्डारी, बिमलेन्द्र निधि लगायतले महेन्द्रनारायण निधिको योगदानबारे चर्चा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ