अहिले जुनसुकै कुलघरानामा जन्मिएका छोरा वा छोरी पनि राष्ट्रपति हुने व्यवस्था छः नेम्वाङ

अहिले जुनसुकै कुलघरानामा जन्मिएका छोरा वा छोरी पनि राष्ट्रपति हुने व्यवस्था छः नेम्वाङ

  • शनिबार, फाल्गुन १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, १३ फागुन । राष्ट्रपतिमा उम्मेदवारी दिएपछि नेकपा एमालेका नेता सुवास नेम्वाङले संविधानको संरक्षक भएर काम गर्ने बताएका छन् ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले अहिले जनताका छोराछोरी राष्ट्राध्यक्ष हुने व्यवस्था रहेको भन्दै पहिलेको जस्तो कुनै निश्चित कुल घरानाका निश्चित व्यक्ति मात्र शासक हुने व्यवस्था नरहेको बताए ।

उनले भने, गणतन्त्र स्थापना हुनुअघि निश्चित कुलमा जेठो छोराका रूपमा जन्मेर शासक हुने राष्ट्राध्यक्ष हुने व्यवस्था थियो । तर हामीले बनाएको संविधानअनुसार जुनसुकै कुलघरानामा जन्मिएका छोरा वा छोरी पनि राष्ट्रपति हुने व्यवस्था गरेका छौँ । अर्थात जनताको राष्ट्रपति हुने व्यवस्था गरेका छौँ ।

जनताको राष्ट्रपति अनुभुत हुनेगरी आफूले काम गर्ने पनि नेम्वाङले प्रतिबद्धता जनाए ।

कांग्रेसले भने राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस उम्मेदवार पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रसहित ८ दलको समर्थन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ