सरकारबाट बाहिरिने राप्रपाको निर्णय, केहिबेरमा मन्त्रीहरुले राजीनामा बुझाउने

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, केहिबेरमा मन्त्रीहरुले राजीनामा बुझाउने

  • शनिबार, फाल्गुन १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

फागुन १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने भएको छ ।
राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको अध्यक्ष लिङ्देनले मिर्मिरे अनलाईनलाई बताए । उनका अनुसार केहीबेरमै मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताए । लिङ्देन हालको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् ।

त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।
उनले भने, ‘हामीले राजिनामा बुझाउन प्रधानमन्त्री ज्यू सँग समय मागेका छौं, हाम्रो पार्टीबाट सरकारमा सहभागी एक जना मन्त्री बाहिर हुनुहुन्छ उहाँ आईपुग्ने बित्तिकै हामी राजीनामा पत्र बुझाउन जान्छौ ।’

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको बताए ।

देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर राप्रपा समेतको समर्थनमा वर्तमान सरकार गठन भएको राप्रपाको दाबी छ। राप्रपाले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको ठहर गरेको छ।

‘शुभेच्छुकहरूको ठूलो पंक्तिको असहमतिका बीच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर २०७९ पौष १० गते राप्रपा समेतको समर्थनमा वर्तमान सरकार गठन भएको हो।’
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै पृष्ठभुमिमा माघ ३ गते हामी सरकारमा समेत सहभागी भई क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको छ। यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ।’

सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा एमाले नेतृत्व गठबन्धन तोडिएको छ। राष्ट्रपतिको निर्वाचनको लागि निर्वाचनपछि बनेको नयाँ सत्ता समीकरणबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन्। कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ। उक्त निर्णयसँगै राप्रपा सरकारबाट बाहिरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ