कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने

  • शनिबार, फाल्गुन १३, २०७९
  • संविधान रक्षकको भूमिकाका लागि तयार रहेको पौडेलको प्रतिकृया

  • 2.7K
    SHARES

फागुन १३, काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

यसैबीच, पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले संविधानको रक्षकको भूमिकाका लागि आफू तयार रहेको बताएका छन् । आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

‘नेपालको संविधानको भावना र मर्मअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बेला छ । यस्तोमा म राष्ट्रपतिको संविधानको रक्षकको हैसियतका लागि तयार छु,’ पौडेलले भने, ‘मलाई नेपाली कांग्रेसबाट उम्मेदवारीको चरणमा यो प्रेरणा मिलेको छ । मलाई संसद्‍मा रहेका सबै दलहरूको सद्भाव र समर्थन पनि छ ।’

उनले संविधानको रक्षाका लागि सबैलाई आह्वान गरे । ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले जनतामा जुन अभूतपूर्व अधिकार प्रदान गरेको छ, त्यसको रक्षा गर्ने चुनौती छ । नेपालको संविधान, राष्ट्रियताको संरक्षण र जनताको जनजीवनको रेखदेख गर्ने जुन जिम्मेवारीका लागि म तयार भएको छु, त्यसका लागि म सचेत छु, तयार छु,’ उनले भने, ‘यो संविधान भनेको ठूलो संघर्षको उपलब्धि हो । म सबैलाई आह्वान गर्न चाहान्छु, कि हामी सबै मिलेर यो संविधानको रक्षा गरौँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ