चार दलीय पुरानो गठबन्धनको बैठक बालुवाटारमा जारी

चार दलीय पुरानो गठबन्धनको बैठक बालुवाटारमा जारी

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

फागुन १२, काठमाडौं । राष्ट्रपतिको विषयमा छलफल गर्न चारदलीय पुरानो गठबन्धनको बैठक बालुवाटारमा जारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल पुगेका छन् । बैठकमा जसपा, लोसपा, जनमत र नागरिक उन्मुती पार्टीबाट पनि नेताहरु सहभागी भएको बताइएको छ ।

बिहान बसेको कांग्रेस, माओवादी, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । त्यही विषयलाई मूर्तरूप दिनको लागि अहिले बैठक बसेको हो ।

एमालेले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति मार्फत राष्ट्रपति चयन हुनुपर्ने भन्दै एमालेलाई राष्ट्रपति दिन नचाहनुभएको हो । पुरानो गठबन्धनमा पनि कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल आकांक्षी छन् । माधव नेपाललाई पछि एक वर्ष प्रधानमन्त्री बन्न कांग्रेसले प्रस्ताव गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ