फरक-फरक प्रस्ताव आएपछि चार दलको बैठकले जुटाउन सकेन सहमती, पाँच बजे पुनः अर्को बैठक बस्ने

फरक-फरक प्रस्ताव आएपछि चार दलको बैठकले जुटाउन सकेन सहमती, पाँच बजे पुनः अर्को बैठक बस्ने

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ, १२ फागुन । कांग्रेस र माओवादी सहित चार दलको बैठकमा सबै दलका फरक फरक प्रस्ताव आएपछि पुनः पाँच बजे अर्को बैठक बस्ने गरि टुङगिएको छ । राष्ट्रपतिको साझा उम्मेदवार तयार गर्नेबारे प्रधानमन्त्री निवासमा तीन घण्टा बढी चलेको बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको थियो ।

तर कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि अहिलेको बैठक निष्कर्षमा पुगेन । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरु आएको र साँझ ५ बजे बसेर साझा टुंगोमा पुग्ने जानकारी दिए ।

आजको बैठकमा विभिन्न प्रस्तावबारे छलफल भएको र अब आ आफ्ना दलमा छलफल गरेर टुंगोमा पुग्ने सहमती भएको थापाले बताए । उनका अनुसार अहिले प्रस्तावहरु आएपनि हामी सबै एउटै निष्कर्णमा पुग्ने भन्ने समझदारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ