कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा विषय विज्ञसँग परामर्श गर्दै

कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा विषय विज्ञसँग परामर्श गर्दै

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

१२ फागुन, काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकका बारेमा नेपाली कांग्रेसले विषय विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

आज बिहान ११ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेसले विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेको हो ।

सर्वोच्च बार एसोसिएसनका सदस्य रेशम रेग्मी, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा। हरी नेपाल, पूर्व कानुनमन्त्री एवम् नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी लगायतलाई कांग्रेसले छलफलका लागि बोलाएको छ । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गर्नेछन् ।

गत बुधबारको संसद बैठकमा कानुनमन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गरेका थिए ।

यो विधेयक संघीय संसदबाट पारित भई कानुनको रुप लिएमा सम्पत्ति सुदृढीकरण सम्बन्धी नेपालको कानूनको व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हुने, नेपाल कालो सूचीमा पर्नबाट जोगिने र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर तथा सम्बद्ध कसुरमा प्रभावकारी रुपमा कारबाही चलाउन सकिने सरकारको विश्वास छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारको रुपमा चर्चामा छन् ।फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ