कांग्रेससहित चार दलको बैठक बालुवाटारमा जारी, राष्ट्रपति निर्वाचनका विषयमा छलफल केन्द्रित

कांग्रेससहित चार दलको बैठक बालुवाटारमा जारी, राष्ट्रपति निर्वाचनका विषयमा छलफल केन्द्रित

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् ।

बैठक राष्ट्रपति पदको निर्वाचनका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहिवार माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि छलफल गर्ने सहमति गरेको थियो । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूतिने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्ने नेताहरु बताउँछन् ।

प्रधानमन्त्री दाहालले भने राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने अडान लिइरहेका छन् । तर प्रधानमन्त्रीको दल माओवादी केन्द्रले भने सत्तारुढ गठबन्धनमा यसअघिको सहमतिबमोजिम नेकपा एमालेलाई राष्ट्रपतिमा नसघाउने निर्णय गरिसकेको छ ।

१० पुसमा कांग्रेससँग समीकरण तोडेर एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका दाहालले त्यहीबेला राष्ट्रपति एमालेलाई दिने सहमति जनाएका थिए । तर विश्वासको मत लिएको दुई महिना नबित्दै त्यसबेला गरेको वचन फेरेका दाहालले राष्ट्रपति पनि एमालेलाई दिए शक्ति समीकरणमा आफू कमजोर बन्ने भन्दै राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको वातावरण बनाउन पहल थालेका हुन् ।

कांग्रेस नेताहरूका अनुसार भने प्रधानमन्त्री दाहालले एक साताअघि नै कांग्रेसलाई राष्ट्रपति दिन सहमति जनाइसकेका छन् । मंगलबार, बुधबार र बिहीबारका चरणबद्ध छलफलपछि दलहरूबीच विगतको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति बनिसकेको नेताहरूको दाबी छ । तर माओवादी र नेकपा एसका नेताहरूले भने विगतको नेकपा ब्युँताएर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने विकल्पमाथि समेत छलफल गरिरहेका छन् ।

२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ