पूरानो गठबन्धन ब्युँताउने सहमति भईसकेको छैन : नारायणकाजी श्रेष्ठ

पूरानो गठबन्धन ब्युँताउने सहमति भईसकेको छैन : नारायणकाजी श्रेष्ठ

  • बिहिबार, फाल्गुन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

फागुण ११ काठमाण्डौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेससहितको गठबन्धनलाई ब्यूताउने विषय टुंगोमा पुगिनसकेको बताएका छन् ।

नेकपा माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको स्पष्ट पारे ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालबीचको भेटवार्तामा सहभागी भएको उनले सञ्चारकर्मीसँग सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनको बारेमा निष्कर्षमा पुगिने प्रतिक्रिया दिए ।

यसैबीच, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच बिहीबार नै बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनको बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ