राष्ट्रपतिका लागि बाक्लियो छलफल, देउवा पुगे बालुवाटार

राष्ट्रपतिका लागि बाक्लियो छलफल, देउवा पुगे बालुवाटार

  • बुधबार, फाल्गुन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

फागुण १० काठमाण्डौँ । राष्ट्रपति को हुने भन्ने अझै अनिश्चित भएका बेला दलका नेताहरुबीचको छलफल बाक्लिएको छ । आज बिहान मात्रै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिबारे आफ्नो धारणा स्पष्ट गर्न आग्रह गरेका थिए ।

त्यसपछि एकीकृत समाजवादीका नेताहरुले काँग्रेस सभापति शेर बहादुर देउवा र रामचन्द्र पौडेलसँग छलफल गरेका थिए ।

अहिले साँझ फेरी सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनु पर्ने अडान राखिरहेका छन् ।

एमालेले पुष १० को सहमति अनुसार आफूले राष्ट्रपति पाउनु पर्ने अडान राखेको छ भने काँग्रेसले राष्ट्रपति आफूलाई दिन र पाँचै वर्ष सरकार चलाउन अफर गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ